गुल्मीका पुरुषको कोभिड-१९ का कारण बुटवलमा मृत्यु: नेपालमा मृत्यु संख्या ३

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ८  गते

कोरोनाभाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ। नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ ।

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको मृत्यु बिहीबार विहान भएको बताए । नि.मा.वि स्कुलका प्रधानाध्यापक उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो । “भेन्टीलेटरमा उपचार गरिएका उनको बिहीवार बिहान ७ बजेर १० मिनेट जाँदा निधन भएको छ।”

कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सोमबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । यसअघि कोरोना संक्रमणका कारण नेपालमा सिन्धुपाल्चोककी २९ वर्षकी सुत्केरी महिला  र बाँके नरैनापुरका २५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *