थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल सङ्क्रमित सङ्ख्या ४५३ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ८  गते

झापाबाट  ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ । योसँगै झापामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ। संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *