अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ ९ गते
पाकिस्तानको कराचीमा आन्तरिक उडानमा रहेको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्।उक्त उडानमा ९१ जना यात्रु र आठजना चालकदलका सदस्य रहेका बताइएको उक्त विमान लाहोरबाट कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल तर्फको उडानमा रहेको थियो।

अवतरण गर्ने क्रममा जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३.२ किलोमिटर पर रहेको कराचीको एउटा बस्ती, मोडेल कोलोनी नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको बताइएकोछ। पाकिस्तान सेनाका अनुसार उस्को दुत प्रतिक्रिया सैन्यका सैनिकहरू राहत तथा उद्धार कार्यमा सघाउन दुर्घटनास्थलमा पुगेका छन्।

दुर्घटनास्थलमा आपतकालिन उद्धारकर्मीहरू पुगीसकेका बताइएको छ, जहाँ मानिसका घरहरूमा पनि क्षति पुगेको विवरणहरू आएका छन्।सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा राखिएका छन्।कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो।