बिरगंज १६ का वडा अध्यक्ष चौरसिया उपर भ्रस्टाचारको आरोप: अख्तियारमा मुद्दा दर्ता

अनलाईन न्युजपाटी सन्जु छत्कुलि, बीरगन्ज समाचारदाता जेठ ९ गते

वीरगञ्ज महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष श्याम बाबु चौरसिया पदबाट निलम्बित हुने भएका छन् । जग्गा खरीद विक्री प्रकरणमा मुछिएका छन। वडा अध्यक्ष चौरसिया लगायत ३ जना विरूद्ध काठमाडौँ विशेष अदालतमा मुद्दा परेको हो।जग्गा खरिद बिक्री हुँदा वडाध्यक्ष चौरसियाले घरबाटोको सिफारिश गर्दा २८ फिट बाटो भएको मा उन्ले १५ फिटको बाटो लेखेर सिफारिश गरिएका थिए ।

वडा अध्यक्ष चौरसिया ले गरेको सिफारिस लाई अधार बनाई मूल्याकंन घटाई रजिष्ट्रेशन दस्तुर र लाभान्स कर समेत छलेको देखिए को ले वडाध्यक्ष चौरसिया बिरुद्ध बिशेष अदालतमा उजुरी दिएको हुन।उनि माथि उजुरी परे संग वडाध्यक्ष चौरसियाको वडाध्यक्ष पद समेत निलम्वित हुने भएका छन।

वडा अध्यक्ष चौरसिया विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसारको कसुरमा बिगो १ लाख ७७ हजार ३ सय ७५ कायम गरि सजायको माग दाबी लिएको छ। जगा बिक्री कर्ता र खरिदकर्ता दुबैलाई बिगो कायम गरि बिगो रकम असुल गरि जफत हुन माग दाबी गरेको छ।

वडाध्यक्ष चौरसिया र जग्गा बिक्रीकर्ता जहराती मिया धुनिया र खरिदकर्ता ग्यान्ती देवीविरुद्ध राजस्व छली सम्बन्धी आरोप पत्र शुक्रबार विशेष अदालतमा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *