अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ९ गते
कोरोनाभाइरसबाट सङ्क्रमित हुने नौ
जना नयाँ बिरामी
थपिएका छन् ।
नयाँ थपिएसँगै कुल
सङ्क्रमित हुनेको सङ्ख्या ५१६
पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या
मन्त्रालयका अनुसार भक्तपुर, मकवानपुर,
सप्तरीमा एक एक
जना तथा बारामा
छ जना नयाँ
सङ्क्रमित थपिएका हुन ।

बाराको सिमरौनगढ नगरपालिकाको छजनामा
सङ्क्रमणको पुष्टि भएको छ
। उनीहरु छ
जनैको स्वास्थ्य परीक्षण
किटजन्य रोग अनुसन्धान
तथा तालिम केन्द्र,
हेटौंडामा गरिएको छ । सङ्क्रमित छ जना
२२,२७ ३०,
३४, ३८ र
४५ वर्षीय पुरुष
रहेको स्वास्थ्य तथा
जनसंख्या मन्त्रालयका सह–प्रवक्ता
डा. समिरकुमार अधिकारीले
बताउनुभएको छ ।
मन्त्रालयका सह प्रवक्ता
डा. समिरकुमार अधिकारीका
अनुसार नयाँ थपिनेमा
दुईजना महिला र सात
जना पुरुष छन्
। मकवानपुर जिल्लाको
हेटौंडा उपमहानगरपालिका वडा नं
३ बस्ने ५४
वर्षीय महिला र भक्तपुर–९ की
४२ वर्षीय महिलाको
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा
परीक्षणपछि कोरोना सङ्क्रमणको पुष्टि
भएको हो ।
त्यसैगरी, वि.पी.कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठान, धरानमा परीक्षण गरिएको
सप्तरीको बलान–बिहु
गाउँपालिकाका एकजना ३५ वर्षीय
पुरुषमा सङ्क्रमणको पुष्टि भएको
छ ।