थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १०  गते

पछिल्लो कोरोना परीक्षण रिपोर्ट अनुसार थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।

रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *