आफ्नै वडामा क्वारेन्टाइन व्यवस्थापन कार्यमा जुटेका वडा अध्यक्षको मृत्यु

अनलाईन न्युजपाटी कञ्चनपुर समाचारदाता जेठ १४ गते

कञ्चनपुरको एक क्वारेन्टाइन व्यवस्थापन कार्यमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गएराति मृत्यु भएको हो।

सोही वडाकै राष्ट्रिय माध्यमिक   बिद्यालयमा क्वारेन्टाइन व्यवस्थापन कार्यमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष कल्लु राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रैकवार विचवाका प्रहरी सहायक निरीक्षक भीमसिंहले बताए ।

रानाको मृत्युको कारण खुल्न सकेको छैन । अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। आजै नै उनको कोरोना परीक्षण समेत गरिने अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *