वीरगंजको गणडक कोरोना अस्पतालबाट कोरोना निको भएर हिजो राति २१ जना डिस्चार्ज

अनलाईन न्युजपाटी  कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ १४ गते

नारायणी क्षेत्रिय अस्पतालको मातहतमा रहेको वीरगञ्जको गण्डक अस्पतालमा उपचाररत २१ जना कोरोना सङ्क्रमित निको भएर आज डिस्चार्ज भएका छन् । दुई दिन पहिला देखी बीरगंज गण्डक स्थित रहेको गण्डक अस्पतालबाट मंगलबार राती १० बजे ३० जना कोरोनाको बिरामी मध्ये २१ जना डिस्चार्ज भएका हुन ।

 उनीहरूको पच्छिलो दुई रिपोर्ट नेगेटिभ आएपछी उनीहरू डिस्चार्ज भएका हुन् । नारायणी अस्पतालको अस्थायी अस्पतालका रूपमा रही सञ्चालित गण्डक अस्पतालबाट मङ्गलबार राति २१ जना सङ्क्रमित डिस्चार्ज भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिएकाछन।

गण्डक अस्पतालबाट आज डिस्चार्ज हुनेहरुमा ४ जना महिला र १६ जना पुरुष रहेकाछन । आज डिस्चार्ज भएका सबै महानगरपालिका वासी रहेको वीरगञ्जका मेयर विजय कुमार सरावागीले बताउनुभयो ।

दुई जना बाल बालिका सहित २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्,’ मेयर सरावगीले भने, ‘डिस्चार्ज हुने सबै वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् ।

गत वैशाख २७ र ३० गते कोभिड( १९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा बेड अभाव भएकाले २१ जना संक्रमितलाई संक्रमण भएको पहिलो २ दिन घरमै सेल्फ आइसोलेसनमा राखेको थियो ।

त्यसपछि सिद्धार्थ माध्यमिक विद्यालयलाई सेमी आइसोलेसनमा परिणत गरी २१ जना संक्रमितलाई त्यहाँ राखिएको थियो । वीरगञ्ज महानगरपालिकाले यहाँको गण्डक अस्पतालसँग सम्झौता गरी त्यसलाई अस्थायी कोभिड अस्पताल बनाएपछि गत वैशाख ७ गते देखी सिद्धार्थ माविको सेमी आइसोलेसनबाट २१ जना संक्रमितलाई सारिएको थियो ।

गण्डक अस्पताल अहिले नारायणी अस्पताल अन्तरगत अस्थायी कोभिड अस्पतालको रूपमा सञ्चालन भइरहेको छ । अस्थायी अस्पतालमा ३० जना संक्रमित भर्ना भएका थिए । ‘२१ जना डिस्चार्ज भएपछि अब ९ जना कोरोना संक्रमित मात्र गण्डक अस्पतालको आईसोलेशनमा रहेको बीरगंज माहानगरपालिकाका मेयर बीजय कुमार सरावगिले बताउनुभयो । ‘उनीहरूमा पनि कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सबै संक्रमित डिस्चार्ज भइसकेकाले नारायणी अस्पताल कोरोना मुक्त भइसकेको छ । नारायणी अस्पतालमा पुनः जेनरल सेवा चाडै दुई चार दिनमा सुचारु गर्ने तयारी भइरहेको मेयर सरावगीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *