अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १३ गते
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेको छ।मङ्गलवार अपराह्ण नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ पुगेको जानकारी दिए।यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।
उनका अनुसार नारायणी अस्पतालबाट थप ४३ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। अब निको हुनेको कुल सङ्ख्या १५५ पुगेको छ।
सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ। तीमध्ये प्रदेश नं ५, प्रदेश नं २, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका क्वारन्टीनमा सर्वाधिक सङ्ख्यामा मानिसहरू छन्। उनीहरू अधिकांश भारतबाट फर्किएका हुन्।