अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १६ गते
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । बिभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १७० मध्ये पुरुष १६५ र महिल ५ जना हुन्।
बिभिन्न प्रयोगशालाबाट रिपोर्टको अनुसार झापाबाट २८ जना उमेर समुह १८ देखी ५४ बर्ष पुरुष, सप्तरीबाट ४ जना उमेर समुह २० देखि २६ बर्षका पुरुष, बारा ४ जना उमेर समुह २७ देखि ४५ बर्षका पुरुष, पर्साबाट ५ जना उमेर समुह २१ देखि ४२ बर्षका पुरुष, बाँके बाट १० जना उमेर समुह १७ देखि ४१ बर्षका पुरुष, सर्लाहीबाट ५ जना दुई महिला सहित तिन पुरुष उमेर समुह १९ देखि ३१ बर्षका हुन्।

कपिलबस्तुको बिभिन्न स्थान बाट ५१ पुरुष उमेर समुह सात बर्षीय बालक सहित ५० बर्षका पुरुष , दाङ्गबाट २ जना उमेर समुह २८ र ४१ बर्षका पुरुष, रुपन्देहीबाट १ जना २७ बर्षका पुरुष, रौतहट बाट ५६ जना दुई महिला सहित ५४ पुरुष उमेर समुह २२ देखि ७० बर्षका, मयाग्दी बाट १ जना ३० बर्षका पुरुष, र नबलपरासीबाट २ जना उमेर समुह १९ र २१ बर्षका पुरुष हुन्।
नेपालको संक्रमितजिल्ला ५२ र कुल संक्रमित मध्ये १००३ पुरुष र १०९ महिला संक्रमित भएका छन्