अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १७ गते
शुक्रबार भेटिएका झापाको कचनकवलका संक्रमित २७ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पठाइए पनि ८ घण्टा देखि बसमै बसाइ रहेको संक्रमितहरूले बताएका छन् । केहि व्यवस्थापन नभएपछि हामी पुनः फर्किने तयारी गरिरहेको एक संक्रमितले बताए ।
शुक्रबार राति ११ बजे आइपुगे पनि हालसम्म प्रतिष्ठानको पार्किङ क्षेत्रमा गाडीमै बसिरहेको बताएका हुन् । रातिको ११ बजे आइपुगेको छु, अहिलेसम्म केही गरेको छैन।
उनका अनुसार बीपीमा बस्ने, खाने सुविधा छ भनेर पठाएको भए पनि आफूहरूलाई कुनै व्यवस्थापन गरेका छैन । २७ जना संक्रमित नै हालसम्म बसमै रहेकाले आफूहरू पुनः कचनकवलमै फर्किने तयारीमा रहेको बताए ।
बीपीमा यसअघि पनि २७ जनालाई राखिएको थियो । उनीहरूलाई पनि कोभिड अस्पतालमा नराखेर पेइङ वार्डमा राखिएको छ । बीपीमा १०० बेड क्षमताको कोभिड अस्पताल बने पनि हालसम्म प्रयोगमा रहेको छैन । सामग्री अभाव कारण सञ्चालन आउन नसकेको स्रोत बताउँछ ।
२७ जना संक्रमितहरू १० दिनअघि भारतको दिल्लीबाट झापाको कचनकवल आएका थिए । उनीहरूलाई कचनकवलको क्वारेन्टाइनमा राखिएको थियो । कोशी अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण देखिएपछि बीपी प्रतिष्ठान पठाइएको थियो।