बाँके भयङ्कर दुर्घटनामा, मृतक संख्या १२ पुग्यो,२१ जना घाईते

अनलाईन न्युजपाटी नेपालगंज,समाचारदाता, जेठ १९ गते

लकडाउनका कारण भारतबाट फर्किने नेपालीलाई लिएर सल्यानतर्फ हिंडेको यात्रुबाहक फोर्स गाडीले रोकिएको अवस्थामा रहेको ट्रकमा ठोक्किदा भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २, मा आइतबार राती सो फोर्स गाडी दुर्घटना हुँदा घट्नास्थलमै ११ जनाको निधन भएको थियो ।

सो दुर्घटनामा परि घाइते भएका २२ जना मध्ये गम्भीर रहेका १ जनाको भेरी अस्पतालमा सोमवार विहान मृत्यु भएपछि मृतक संख्या १२ पुगेको अस्पतालले जनाएको छ । नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तिसोनारी गाउँपालिकाको वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जको बिचमा पर्ने ठोरी जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको छ ।

गए राती सवा १२.०० बजेतिर भएको दुर्घटनामा परी ११ जनाको घट्नास्थलमै र एक जनाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्जको जमुनाहबाट दाङ, सल्यान र रुकुम समेतका नागरिक र चालक र सहचालक गरि उक्त बसमा ३३ जना सवार रहेको थियो ।

उहाँले मृतकहरुको सनाखत गर्ने कार्य भेरहेको छ । घाइते २१ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *