अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ १९ गते
बलिऊडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । मृगौला पीडित ४२ वर्षीय खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । मृत्युको कारण कोरोनाभाइरस पुष्टि हुन सकेको छैन् ।
‘साजिद वाजिद’ जोडीको नामले चर्चित संगीतकारमध्ये वाजिदको निधनले ठूलो क्षति भएको जनाउँदै अर्का संगीतकार सलिम मर्चेन्टले वाजिदको निधनको पुष्टि गर्नुभएको छ । मृगौलामा सङ्क्रमण भएपछि उहाँ पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो । केही दिनअघि मात्रै उहाँको मृगौला प्रत्यारोपण गरिएको थियो । मुम्बईस्थित चंगुरको अस्पतालमा उहाँलाई भर्ना गरिएको थियो ।
सन् १९९८ मा बलिऊडमा ‘प्यार किया तो डरना क्या’ फिल्मबाट आफ्नो संगीत जिवनको सुरुवात गर्नुभएको साजिद वाजिदका वाजिदले ‘दबङ्ग, ‘वान्टेड र ‘मुझसे शादी करोगी’जस्ता चर्चित फिल्ममा संगीत दिनुभएको थियो ।
बलिऊडका अभिनेता तथा अभिनेतृले उहाँको निधन प्रति सम्वदेना प्रकट गर्नुभएको छ । चर्चित गायक सोनु निगमले पनि वाजिदको निधनप्रति समवेदना प्रकट गर्नुभएको छ ।