डि .आई. जि सिंहको अर्को सफलता हथियार र गोलि सहित एक युवक पक्राउ

अनलाईन न्युजपाटी सन्जु छत्कुलि,बीरगन्ज समाचारदाता जेठ १९ गते

प्रदेश २ प्रहरी प्रमुख कार्यालय जनकपुर धनुषा बाट खटिएको प्रहरी टोलीले राईनको साथ बाट पेस्तोल एक र म्यागजिन ३ थान पाच राउन्ड गोली बरामद गरिएको डिआईजी धिरज प्रताप सिंहले बताउनु भयो ।

धनुषा जिल्ला को जनकपुर नगरपालिका वडा नं १७ तेतरिया बाट् प्रहरिले हथियार र गोलि सहित एक्जना युवक पक्राउ परेको छ। पक्राउ पर्ने मा महोतरी लोहारपटी वडा नं ८ बस्ने वर्ष २० को एजिजुल राईन रहेको बताएको छ ।

विशेष सुराकीको अधार्मा पैदल हिडिरहेका राईनलाई शंकास्पद देखेपछी चेकजाच गर्दा लुकाई छिपाई राखिएको अवस्थामा हथियार र गोलि बरामद भएको हो।

बरामद भएपछी राईनलाई नियन्त्रणमा लिइएको डिआईजी धिरज प्रताप सिंहले जानकारी दिनु भयो । पक्राउ परेका राईनलाई थप आवश्यक अनुसंधान भईरहेको प्रदेश २ प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *