अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १९ गते
विश्वमा महामारी को रुपमा रहे को कोरोना संक्रमण नियन्त्रणका लागि सरकार द्वारा गरिदैं गए को लकडाउन हटाउन चौतर्फी बिरोध एबम अनुरोध हुन थालेको छ । विभिन्न चरण गरि लम्बिदैं गए को लकडाउन फेरि लम्बाउने सरकारले आज गरे को निर्णय पछि पत्रकार रोजी ढकाल पराजुलीले यसको बैकल्पिक व्यवस्था गर्न सरकारसंग अनुरोध गरेकि छिन् ।
पत्रकार पराजुलीले आफ्नो समाजिक संजाल फेसबुकमा ” लकडाउन निर्णय ! लकडाउन खुकुलो पार्दै जानु पर्छ किनकि मर्न कसैलाई रहर हुदैन । जनता आफैं सचेत भइ सुरक्षित अपनाएर काम गर्नेछन नत्र अनिकाल लागेर मर्ने अवस्था सुरु हुनेछ ।” लेखेकि छिन् ।
नेपाल टेलिभिजन कार्यक्रम समृद्धि तर्फ हाम्रो यात्रा कि प्रस्तोता एबम हाम्रो यात्रा dat टिभी कि सन्चालिका पत्रकार रोजी पराजुलीले अनलाईन न्युजपाटीसंग को टेलिफोन संवादमा ” लकडाउन आफ्नो ठाउँमा उचित विधि होला तर सबै थोक होइन ! भाइरस नियन्त्रण र प्रभावित समुदायमा यथेष्ट कीट , औषधि , ब्यबस्थापन बिनै बढाइएको लकडाउनले अर्थतन्त्र धराशयी पार्ने छ तसर्थ बिकल्प पनि खोज्ने कि !” बताए कि छिन् । पत्रकार पराजुलीले ” जनता नै देशका सम्पत्ति भएको र सोहि जनताको दुख दर्द र भावनाको सम्मान नभएको ।” भन्दै यथा सक्दो देश को अर्थ तन्त्रलाई समेत जोगाउन लकडाउन को बैकल्पिक व्यवस्थापनमा सरकारले जोड दिनु पर्ने बताईन ।
रुकुम जाजरकोट घटना लाई लिएर पत्रकार पराजुलीले यसो लेखेकी छन
२०/२५ बर्ष अगाडी बाहुनले जैसी र क्षेत्री सगको प्रेम बिहेलाई सजिलोसँग स्विकार्दैन थियो तर १०/१२ बर्ष पछि सजिलोसँग मागी बिहेनै स्विकार्य भयो “यस्तै हो बिस्तारै मान्छेमा सोच बद्लिन्छ। समय लाग्छ । तर हामीले हाम्रो बच्चालाई दिने शिक्षामा पनि भर पर्छ । जतिसुकै बाहिरी कुरा गर्न सजिलो छ त्यत्तिकै ब्यवहारमा अपनाउन र भित्र्याउन गाह्रो छ । हामीले हाम्रो छोराछोरी लाई १०/१२ बर्ष देखीनै छोरा होस या छोरी बिहे गर्ने, मन पराउने साथी बनाउने कुरामा मा सचेत गराउनै पर्छ । जातलाई स्विकारन नसक्नेले बच्चालाई बेला बेला बा-आमा,सासु-ससुरा संग घुलमिल गराउन संगै राख्नु पर्छ किनकि यो सम्बन्ध माया र सस्कार ले बच्चालाई सहि मार्ग देखाउन मा ठुलो भुमिका रहन्छ । यदी छोराछोरीले स्विकार गर्न नसक्ने अबस्थामा पुगिहाले भने पनि गरि खाउन बरु आजिबन सम्बन्ध टुटाउनु तर आफ्नो बच्चा हैन रहेछ भन्ने सम्झ्हेर माफ गर्दिनु तर मार्न चाहिँ नमार्नु सम्पुर्ण मा ध्यानाकर्षण गराउन चहान्छु भन्ने कुरा आफ्नु सामाजिक सन्जाल मा लेख्नु भएको छ ।