जनप्रतिनिधिहरूले गर्ने काम समाजसेवी गुप्ताले आफ्नो ब्यक्तिगत खर्चमा घर घरमा सेनिटाईजर छर्दै

अनलाईन न्युजपाटी  कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ १९ गते  

बीरगंजका युवा समाजसेवी अजयकुमार गुप्ताले आफ्नो ब्यक्तिगत खर्चमा वीरगंज महानगरपालिका वडा नं १० मा रहेको हरेक टोल टोलमा सोडियम हाईपोक्लोराईट सर्फेस सेनिटाईजर छर्किने कार्य शुरु गरेको छ।

कोरोना भाइरसको अहिले सम्म विश्वमा कुनै पनि देशले हाल सम्म यस रोग को औषधी बन्न नसकेको र यस रोगबाट बच्न सरसफाई र एक अर्का सङ दुरी कायम गर्नु नै यसको उपचार रहेको विश्व स्वास्थ्य संगठनले बताए पछी वडा नं १० का घडिअर्वा निवासी अजयकुमार गुप्ताले आफ्नो वडा नं १० मा सेनेटाईजर गर्ने र्निणय गरेको छ।

सेनिटाईजेशन कार्यक्रम आज वीरगन्जको वडा नं १० का घडिअर्वा र अशोकवाटिकामा शुरु गरिएको सेनेटाईजर गर्नै समाजसेवी अजयकुमार गुप्ताले बताएका छन । विश्व आक्रन्त भएको बेला भोकमरी /आर्थिक अभाव संगै विपन्न/अतिविपन्न परिवारका लागि सरकारबाट आएका खाद्यन समाग्रीमा व्यापक भ्रष्टाचार भएको देखे पछि आफू सक्रिय भएको गुप्ताले बताएका छन।

चुनावको समयमा विभिन्न प्रलोभन देखाएर भोट लिने जनप्रतिनिधि आज मौन बसेका छन। यस्तो महामारी समयमा जनप्रतिनिधि भुमिका सक्रिय हुनु पर्नेमा उहाँहरु निदाएको देखता आफू दुखी भएको बताएका छन।

आफ्नो वडा, टोलमा बसोबास गर्ने विपन्न परिवारहरुको चुलो बल्योकी बलेन हेर्न नजाने यी जनप्रतिनिधि प्रतिको आसमरेको बताउदै आफूले भ्याए सम्म समाजको सेवागर्ने गुप्ताले प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

सेनिटाईजर गर्नेमा आशुतोष पटेल, कन्हैया साह सोनार, रंजित यादव, रामबाबु पटेल,ललन पुरी,संजय पुरी,बिकाश साह कानु,दसई साह कानु लगायत सहयोग गर्नु भएकोमा धन्यवाद दिदै अगामी कार्यहरुमा गुप्ताले यस्तै सहयोगका आपेक्षा समेत गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *