अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १९ गते
आजपीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या एकहजार ७९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
पुरूष २१३ र महिला १३ जनामा सङ्क्रमित भएका छन् । नेपालमा १६६७ जना पुरुष र १३१ जना महिला सङ्क्रमित भएका छन् ।