अमेरिकामा हिंसात्मक बन्दै गएको प्रदर्शन अन्त्यका लागि सेना र प्रहरी परिचालन’ ट्रम्प

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २० गते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको कर्फ्यूलाई अझ कडा पारिने जनाएका छन् । योसँगै उनले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेको र सोको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन् ।

प्रहरी नियन्त्रणमा अश्वेत नागरिकको हत्या भएपछि अमेरिकाका दर्जनौं सहरमा सुरु भएको प्रदर्शन देशव्यापी बनेको छ ।

अमेरिकाको कम्तीमा ४० सहरमा कर्फ्यु जारी गरिएको छ । तर प्रदर्शनकारीले कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् । प्रहरी अधिकारी डेरेक सोभिनको ज्यादतीका कारण जर्ज फ्लोयडको ज्यान गएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो ।

न्युयोर्क, सिकागो, फिलाडेल्फिया, लस एन्जलस, डेभनपोर्टलगायत दर्जनौं सहरमा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् । प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीका फोहोराको प्रयोग गरेको छ । विभिन्न स्थानबाट प्रहरीले ३ सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

आयोबा राज्यको डेभनपोर्टमा आइतबार रातभर गोली हानाहान भएको जनाइएको छ । प्रहरीको गोली लागी कम्तीमा २ जनाको ज्यान गएको छ । एक प्रहरी अधिकारी घाइते भएको छ । डेभनपोर्ट प्रहरी प्रमुख पल सिकोर्कीले गस्तीमा रहेका तीन जना प्रहरीमाथि आक्रमण भएको जनाए ।

र्जनौं राज्यमा प्रहरीका गाडी जलाइएका छन् भने पसलहरूमा लुटपाट भएको छ । ६ दिनदेखि जारी विरोध प्रदर्शनलाई ५ दशकयताकै हिंसात्मक रंगभेदी आन्दोलनका रूपमा लिइएको छ । सन् १९६८ मा मार्टिन लुथर किंगको हत्यापछि विश्वका विभिन्न देशमा विरोध प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *