अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २० गते
सीमाका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि डाक्टर गोविन्द केसीले सत्याग्रह सुरु गर्न लागेका हुन्।
दार्चुला पुगेका डा गोविन्द केसीले आजदेखि तिन बुंदे मांग सहित दुई दिन सत्याग्रहमा सुरु गर्ने भएका छन्। उनले दार्चुला सदरमुकाम खलंगामा सत्याग्रह सुरु गर्न थालेका हुन्। यो उनको १८औं सत्याग्रह हो।