एक युवाको हत्याको आरोपमा ईटहरीबाट ३ जना पक्राउ

अनलाईन न्युजपाटी सन्तोष यादव सुनसरी,समाचारदाता, जेठ २० गते

सुनसरीको ईटहरी उप-महानगरपालिका-२० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ ।

घटना के भएको थियो?

जेष्ठ १८ गते राती करिव सवा ९ बजेको समयमा छिमेकी खीले भनिने अमित घिमिरेको घरमा प्रज्वल राई र रादन राई बिच सामन्य बादबिबाद भएको र बादबिबाद पश्चात रादन राई आफ्नो घर तर्फ फर्कने क्रममा बाटोमा ढुकेर बसेका प्रज्वल तामाङ, अभिषेक के.सी. र अभिषेक पौडेलले बाँसको लाठीले अन्धाधुन्द कुटपिट गर्नुका साथै धारिलो हतियार छुराले कोखा तथा छातीमा प्रहार गरी घाईते बनाई फरार भएका थिए। घाईतेलाई तत्काल उद्धार गरी उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको थियो ।

कहाँ बाट समातिए फरार अभियुक्त?

टनाको सम्बन्धमा अनुसन्धान तथा फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय इटहरीको अनुसन्धान टोलीले जेष्ठ १९ गते साँझ ६ बजे ईटहरी उप-महानगरपालिका-११ बाट तिनै जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका-५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप-महानगरपालिका-२० का १९ बर्षीय अभिषेक के.सी. (गिरी) र सोही स्थानका २३ बर्षीय अभिषेक पौडेल रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *