आज थप २८८ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २०९९ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २० गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २८८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २०९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

आज थप पुरूष २७० र महिला १८ जनामा सङ्क्रमित भएका छन् । कुल नेपालमा १९४९ जना पुरुष र १५० जना महिला सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *