अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २० गते
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा २७० पुरुष १८ महिला कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या २०९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । पीसीआर विधिबाट बिभिन्न प्रयोगशालामा गरिएको परिक्षण अनुसार संक्रमितहरु बिबरण संक्रमितहरु हुनुहुन्छ।
रौतहटबाट ३८ जना एक जना ८ बर्सिय बालिका सहित ३७ जना पुरुष उमेर समुह १३ देखि ६० बर्ष, स्यांग्जाबाट १० जना पुरुष उमेर समुह १० बर्सिय बालक देखि ४० पुरुष, सप्तरीबाट १ जना २० बर्सिय पुरुष, बर्दिया गुलियाबाट ३ जना पुरुष उमेर समुह २०-३४ बर्ष, बाँके र राप्ती नगरीपालिका गरेर १७ जना १७-४५ बर्सिय पुरुष, सुर्खेतबाट २७ जना तिन महिला सहित २४ पुरुष सबै जनाको उमेर समुह ८ बर्सिय बालिका -६१ बर्षका हुनुहुन्छ।
दैलेखबाट ९ जना सबै पुरुषको उमेर समुह १७-३१ बर्ष, सल्यानबाट १८ जना सबै पुरुषको उमेर समुह १७-५० बर्ष, अछामबाट १० जना दुई महिला २७ र ३० बर्ष बाँकि ८ जना पुरुष २२ -४० पुरुष, बारा १ जना १८ बर्सिय पुरुष, दाङ्गबाट १७ जनामा ३ महिला को उमेर समुह ११-४५ बर्ष बाँकि पुरुषको उमेर समुह १८-५५ बर्ष, प्युठानबाट १ जना ५९ बर्सिय पुरुष हुनुहुन्छ।

कंचनपुर ८ जना सबै पुरुषको उमेर समुह २८ देखी ५० बर्ष, कैलाली १० जना एक महिला १८ महिला र ९ जना पुरुषको उमेर समुह २० देखी ६३ बर्ष, धनुषाबाट ६ जना पुरुषको उमेर समुह १५ -५० बर्ष ,महोत्तरीबाट २ जना २४ र ४५ पुरुष, रौतहट ३६ जना पुरुषको उमेर समुह १२ बर्सिय बालक सहित -४८ बर्षका पुरुष , सर्लाही २१ जना पुरुषको उमेर समुह १३ बर्सिय बालक सहित -४० बर्षका पुरुष, सिरहाबाट १७ जना पुरुषको उमेर समुह १६ देखि ४२ बर्ष ,भक्तपुर्बाट १ जना ३० बर्सिय महिला, धादिंगबाट १ जना २३ बर्सिय महिला ,कपिलबस्तु १६ जना १९ देखि २८ बर्षका ३ जना महिला र बाँकि १७ देखि ४१ बर्षका पुरुष हुनुहुन्छ।
काठमाडौँ मेडिकल कलेजबाट ४ जना २४-३२ तिन जना महिला र २८ बर्षका पुरुष स्वाथ्य कर्मी , पुर्बी नवलपरासीबाट १ जना १६ वर्षका पुरुष, पश्चिम नवलपरासीबाट १ जना २२ वर्षका पुरुष , नुवाकोटबाट २ जना १७ र ३२ वर्षका पुरुष, रुपन्देही सेना मैना १० सबै पुरुषको उमेर समुह १५ -५१ बर्ष हुनुहुन्छ। यी सबै जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।