विपन्न गरीब गर्बवती तथा सुत्केरी महिलाहरु लाई एकिकृत राहत प्याकेज वितरण

अनलाईन न्युजपाटी  कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ २० गते

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको छ । लकडाउनमा दैनिक मजदुरी गरी खाने गरिब, अतिबिपन्न परिवार पूर्ण रुपले नराम्ररी प्रभावित भएको अवस्थामा मिथिला वाईल्ड लाइफ ट्रष्टले सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेको छ ।

बारा जिल्लाको करैया माई गाउँपालिका वडा नं. ८ तथा कलैया उपमहानगरपालिका  वडा न. १६ का गरिब तथा अतिबिपन्न घरपरिवारलाई मिथिला वाईल्ड लाइफ ट्रष्ट, मिथिला बिहारी न.पा. वडा नं. ३ धनुषाले राहत वितरण गरेको छ ।

मिथिला वाइल्डलाइफ ट्रस्टले छोरा छोरी, गानडिज र लास्ट नाइट अ डिजे सेभड माई लाइफ संस्थाहरुको आर्थिक सहयोगमा यस विषेश एकिकृत पोषण प्याकेजमा सहकार्य गरेको छ । मिथिला वाइल्डलाइफ ट्रस्ट र भोरको सहकार्यमा देशका १५ जिल्लाका २२५० विपन्न परिवारका गर्भवती तथा सुत्केरी आमालाई उक्त पोषण प्याकेज प्रदान गर्ने योजना रहेको छ।

करैयामाई गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र साहको विशेष उपस्थितिमा बेलाही टोलका  गरिब तथा अतिबिपन्न ४८ घरपरिवारलाई र कलैया उपमहानगरपालिका १६ का स्थानीय युवा समाजसेवी अनिल कुमार कुशवाहाको नेतृत्वमा मझौलिया टोल का ५९ घर परिवारलाई   मंगलवार राहत वितरण सम्पन्न भएको छ ।

नेपाल युवा परिषद बारा, भोर संस्था भोजपुरी टाइम्स दैनिकको सहकार्यमा वितरण भएको राहतमा चामल, दाल, आलु, प्याज, खाने तेल, नुन, स्वाबिन, नुहाउने साबुन, हरियो तरकारीको प्याकेट प्रति परिवारलाई वितरण गरिएको ट्रष्ट बाराका  प्रतिनिधि राजेश प्रसाद कुशवाहाले बताए ।

राहत सामग्री पाउँदा सो टोलका स्थानियहरुको मुहारमा खुसी देखिएको छ । हुन त पहिला पनि वडा कार्यालय तथा प्रदेश सरकारबाट राहत वितरण गरेकै हो तर त्यतिले कति दिनसम्म घर खर्च टार्न सकिन्छ भन्दै स्थानिय बिगा रामले भने यस संस्थाले राहत वितरण गरेकोमा धन्यबाद दिदै अझ केही दिनसम्म आफुहरुलाई खान पुग्ने भयो भन्दै खुसी व्यक्त गरे ।

राहत वितरण कार्यक्रममा भोजपुरी टाइम्स दैनिक पत्रिकाका प्रकाशक अजय कुमार चौरसिया, मिथिला वाइल्ड लाइफ ट्रष्ट पर्सा का प्रतिनिधि श्रवण प्रसाद साह, नेपाल युवा परिषद् बारा का सचिव दिवाकर प्रसाद कलवार, संचारकर्मी , दिपक चौरसिया, रंजित चौरसिया लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *