संक्रमित संख्या अचानक बढे पछि जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २१ गते

बिभिन्न बहानामा घरबाट निस्किने क्रम जारी भएकोले लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीनदिनका लागि निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निशेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले मिति आज २०७७ / २/२१ विहान ९.०० बजे बाट २०७७ / २/२३ गते बेलकी १२ बजे सम्म निशेषज्ञा जारी गरेको छ ।

यसैगरी भारतबाट आउने मानिसहरु अत्याधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उलंघन भएका कारण जोखिम रोक्न सुरक्षा समिति सो निर्णयमा पुगेको थियो । पछिल्लो समयमा आमनागरिक र सरोकारवालाहरुको पनि लकडाउनको पालन नभएको र सुरक्षा परिचालन कमजोर भएको गुनासो आउने गरेको थियो । यसैगरी पछिल्लो समयमा भारतबाट आउनेको संख्या बढिरहेको समयमा सवैले आआफ्नो घरमा लकडाउन गरेर बस्न जरुरी रहेको छ । भारतबाट आउने व्यक्तिहरुको पिसिआर नतिजा धमाधमपोजेटिभ देखिएपछि त्रास फैलिएको छ । जुम्लामा हाल सम्म १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *