अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २१ गते
दक्षिण-पूर्वी अरब सागरमा बनेको ‘न्युन चापिय क्षेत्र’ हाल मध्य-पूर्वी अरब सागर (Goa)) मा ‘निसर्ग चक्रवात’ (‘NISARGA’) को रुपमा विकशीत भई उत्तर तर्फ सर्दै गएको देखिन्छ। नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना रहेको छ । त्यसको प्रभावले नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात (जेठ २२–२४) मा वर्षाका साथै पश्चिमी उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनअघि मात्र बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखा अनुसार नेपालमा चक्रवातको प्रत्यक्ष असर गर्दैन । नेपालसम्म आइपुग्दा सो प्रणाली कमजोर भइसकेको हुन्छ । नेपालमा चक्रवातको आंशिक प्रभाव मात्र पर्ने बताइएको छ ।
अहिलेसम्मको अवस्थालाई हेर्दा उक्त चक्रवातको प्रभावले सुदूरपश्चिमी भूभागका केही स्थानमा वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभागले बताउनु भयो।