भारतमा कोरोना संक्रमित निको हुने संख्या एक लाख भन्दा बढी

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २१ गते

कोरोना भाइरसबाट भारतमा एक लाख संक्रमित निको भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा एक लाख ३०२ संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा करिब पाँच हजार संक्रमित निको भएका हुन् । पछिल्लो समय भारतमा संक्रमितका साथै निको हुनेको संख्या पनि बढिरहेको छ ।

भारतमा अहिलेसम्म समग्र संक्रमितको संख्या दुई लाख सात हजार ६१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ९०९ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच हजार ८१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २१७ जनाको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *