अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ २१ गते
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको आज ७२ औ दिन भइसकेको छ।
बारा जिल्लाको फेटा गाँउपालिकाको वडा नं. १ को त्रिवेणी टोलमा रहेका अति विपन्न गरिब, अपांग, गरिब, एकल महिला, सुत्केरी तथा गर्भवती आमा लगायतका लाई मिथिला वाइल्ड लाइफ ट्रष्ट मिथिला बिहारी नगरपालिका वडा नं.३ को आर्थिक सहयोगमा एकिकृत राहत प्याकेज आज वितरण गरिएको छ ।
मिथिला वाइल्ड लाइफ ट्रष्ट, छोरा छोरी, गानडिज र लास्ट नाइट अ डिजे सेभड माई लाइफ संस्थाहरुको आर्थिक सहयोगमा भोर नामक संस्थासंग मिलेर देशका १५ जिल्लाका २२५० विपन्न परिवारका गर्भवती, एकल महिला, सुत्केरी तथा अपांगहरुलाई विशेष राहत प्याकेज प्रदान गर्ने योजनामध्य हिजो र आज गरि जम्मा १५० घर परिवारलाई वितरण गरियो ।
संघ प्रदेश, स्थानिय तहले लकडाउनको अवस्थामा दैनिक मजदुरी गरि खाने गरिब अति विपन्न घर परिवार पूर्ण रुपले प्रभावित भएको अवस्थामा मिथिला वाइल्ड लाइफ ट्रष्टले समाजिक दुरी कायम गर्दै हिजो र आज गरि १५० परिवारलाई सो राहत वितरण गरेको मिथिला वाइल्ड लाइफ ट्रष्टका प्रतिनिधि राजेश प्रसाद कुशवाहाले बताए ।
नेपाल युवा परिषद् बारा, भोजपुरी टाइम्स दैनिक र स्थानीय संस्था सखीः महिलाको साथी संस्थाहरुको समन्वयमा चामल, दाल, आलु, प्याज, खाने तेल, नून, स्वाविन, नुहाउने साबुन, अण्डा, हरियो तरकारी लौका, साग, करैला बोडी लगायत खाद्यान्न सामग्रीको प्याकेज वितरण गरिएको मिथिला वाइल्ड लाइफ ट्रष्टका प्रतिनिधि कुशवाहाले बताए ।
राहत वितरण कार्यक्रममा स्मार्ट टेलिभिजन नेटवर्कका मानिकचन साह, सखीः महिलाको साथी संस्थाका प्रतिनिधि विक्की महतो, भोजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया र फोटो पत्रकार एसएम जहाँगस्त, नेपाल युवा परिषद बाराका सचिव दिवाकर प्रसाद कल्वार, युवा समाजसेवी अनिल कुमार कुशवाहा, संचारकर्मी रंजित चौरसिया, मिथिला वाइल्ड लाइफ ट्रष्ट पर्सा तथा नेपाल युवा परिषद् प्रदेश नं. २ का कार्यक्रम संयोजक श्रवण प्रसाद साह लगायतको उपस्थिति रहेको थियो ।