नेपालमा थप एक जनाको कोरोनाका कारण मृत्यु, कुल मृतक सङ्ख्या ९ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २१ गते

नेपालमा थप एक जना को कोरोनाका करण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुने को सङ्ख्या नौ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

पछिल्ला मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेको र उहाँलाई अस्वस्थ भएपछि केही समय पहिले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा शल्यक्रियासमेत गरिएको र पछि उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *