अनलाईन न्युजपाटी विराटनगर,समाचारदाता, जेठ २२ गते
आजबाट विराटनगरमा बजार खुल्ने भएको छ । स्थानीय व्यावसायीले बजार खोल्न माग गरेपछि प्रशासनले लकडाउनलाई खुकुलो बनाउँदै बिहीबारबिहान देखि दिउँसो १२ बजेसम्म बजार खोल्न दिने भएको हो ।
जिल्ला स्तरीय कोरोना संकट व्यावस्थापन समितिको बुधबार बसेको बैठकले बिहीबारबाट आधा दिन बजार खोल्न दिने निर्णय भएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।
तर होटल, रेस्टुरेन्ट, व्यूटी पार्लर र सैलुन भने तत्काल नखुल्ने पराजुलीले बताए । बजार खोल्नका लागि सामाजिक दुरी कायम गरी सतर्कता अपनाउनु सर्त राखिएको उनले बताए ।
बिहीबारबाट दिउँसो १२ बजेसम्म खोल्ने निर्णय भएको छ , उनले भने ‘सुरक्षा सतर्कताको अनुगमन गरछौ ।’ सतर्कता नअपनाएका पसललाई बन्द गरिने छ।
यस अघि मंगलबार महनगरपालिकाले बैंक तथा वित्तीय संस्थालाई दिनभरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।