अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,जेठ २२ गते
देश विभिन्न स्थानमा लकडाउन खुकुलो हुँदैछ। तर आज लकडाउन उल्लघंन गरेको भन्दै जनकपुरका प्रहरीहरूले सर्वसाधारण र व्यापारीमाथि लाठी प्रहार गरेका छन् ।
जनकपुरको जानकी मन्दिर र जनक चौक असपासका क्षेत्रमा लकडाउन पालना गराउनको लागि प्रहरीहरूले दमनको निती अपनाएका हुन् । प्रत्यक्षदर्शीका अनुसार प्रहरीले साना पसलका व्यापारीमाथि लाठी बर्साएको हो ।