नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु: कुल संख्या १०

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २२ गते

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।

जेठ २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।

क्वारेन्टिनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई पाल्पास्थित मिसन अस्पतालमा भर्ना गरिएको थियो। ती पुरूषमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *