पर्सा ने.बि संघ द्धारा अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला जलाई बिरोध प्रदर्शन

अनलाईन न्युजपाटी सन्जु छत्कुली, बीरगन्ज समाचारदाता जेठ २२ गते

पर्सा बिरगंजमा नेपाल विधार्थी संघले अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला जलाएका छन । साथै संघ र प्रदेश सरकारविरुद्ध पनि प्रदर्शन गरेका छन।

कोरोना भाईरसको कारण देशभरी लकडाउन ले जनता भोकभोकै मर्ने अवस्था आएकोबेला सरकारले राहत दिन छोडेर उल्टो कर असुल्न खोजेको भन्दै नेविसंघले बिरोध् प्रदर्शन गरेको नेबि संघ पर्सा का नेता बिकश तिवारिले बताएका छन ।

बिरगन्जको घण्टाघर चोकमा भेला भएका विधार्थी नेता कार्यकर्ता बिरगंजको घन्टाघर अगाडि भेला भई अर्थमन्त्री युवराज खतिवडा र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुतला जलाई त्यसपछि संघ र प्रदेशका मन्त्रीविरुद्ध नाराबाजी गर्दै आदर्शनगरचौकमा गई कोणसभा गरेका थिए ।

   नेबि संघ का नेता तिवारीले भने ,‘संघीय सरकारले राहत दिनुको साटो कर असुल्नेमा मा लागेको बताए तर जनता कसरी बाचेका छन् । त्यस विषय संघ सरकर र प्रदेश सरकार को चासो छैन भनी नेता तिवरीले बताएका छन।

देशमा सबै प्रकारको व्यपारहरु ठप्प भएकोलेकुनै हालतमा कर तिर्न नसक्ने नेबि संघले बताएका छन यदि तिर्नै पर्छ भने कर तिर्ने अवधि बढाएर साउनसम्म हुनुपर्ने नेता तिवारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *