स्व. बिरेन्द्र पटेलको दोस्रो स्मृति दिवसको अवसरमा तरुण दल पर्सा द्धारा श्रद्धान्जली अर्पण

अनलाईन न्युजपाटी  सन्जु छत्कुलि, बीरगन्ज समाचारदाता जेठ २७ गते

विश्वभरी कोरोना भाइरस्को महामारी रहेको कारण देश कडाउनको अवस्थामा रहेकोले लक्डाउन लाई पालना गर्दै नेपाल तरुण दल पर्साका तत्कालीन अध्यक्ष स्व.बिरेन्द्र पटेलको दोस्रो स्मृति दिवसको अवसरमा नेपाल तरुण दल पर्साले आज नेपाली कांग्रेस वीरगंज श्रीपुर स्थित पर्साको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वहाँ प्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

सो कार्यक्रम मा स्व. बिरेन्द्र पटेलले हाम्रो समाज र पार्टीमा गर्नु भएको योगदानको चर्चा गर्दै वहाँ को सम्झनामा मौन धारण गरिएको बिज्ञपतिमा जनाएको छ।

नेपाल तरुण दल पर्साका सचिव बिबेक कुमार चौरसियाको अध्यक्षतामा भएको हो। कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, बूथ सभापति अनिल श्रीवास्तव, तरुण दलका केन्द्रिय पार्षद हुकुम सिंह,महाधिवेशन प्रतिनिधि साबिर अहमद, तरुण दलका क्षेत्रीय अध्यक्षहरु अनिल यादव,फणीन्द्र पटेल, दशरथ पटेल, महानगर अध्यक्ष अजय गुप्ता, उपाध्यक्ष जङ्बहादुर पटेल,जिल्ला सदस्यहरु मिकु सिंह,सुशील साह, उपनेश चौरसिया, माटृका आइ फोउन्डेसन का डा. महेश सिंह धामी, नेविसंघ का पुर्ब संयोजक दिलिप कार्की, तरुन दलका वडा अध्यक्ष बाबुनन्द पटेल, राहुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *