अनलाईन न्युजपाटी ,बिरगंज,समाचारदाता, जेठ २८ गते।
सन्जु छत्कुली,
अनुष्का मल्टिपर्पोज कम्पनी प्रालिले गत फागुन २५ गते भारतबाट आयात गरेको जलेश्वर खाद्य क्वारेन्टाइनको परीक्षणले म्याद गुज्रिएको चिनिलाई खान योग्यरहेको भनी प्रमाणितगरेको सुचना पाएपछी अख्तियारको टोलिले राजस्व अनुसन्धान कार्यालय पथलैयामा छापा मारेको छ।

खाद्य तथा गुण नियन्त्रण विभाग, राजस्व अनुसन्धान कार्यालय, खाद्य परीक्षण विभाग र स्थानीय प्रशासनसहितको मिलेमतोमा चिनी खानयोग्न प्रमाणित गरिएको आशंकामा अख्तियारले अनुसन्धान प्रक्रिया लाई अघाडी बढायेको छ । छापामारि गरि नियन्त्रणमा लिएको चिनि ७२ हजार किलो रहेको छ सो चिनी अख्तियारका सूचना अधिकारी शिवराज रेग्मीले गुणस्तर शंकास्पद देखिएकाले छापा मारेको बताएका छन् ।
चिनिलाई राजस्व र नापतौल का कर्मचारीको उपस्थितिम ट्रकमा लोडगर्न लागेको सूचना को अधारमा अख्तियारले छापा मारेर गोदाम सिल गरेको अख्तियारको सूचना अधिकारी शिवराज रेग्मिले बताएका छन