धनुषाको सबैला नगरपालिकामा प्रहरी र स्थानीय बिच झडप

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता, जेठ २८ गते।

धनुषाको सबैला नगरपालिकामा प्रहरी र स्थानीय बिच झडप भएको छ । धनुषामा प्रहरी हिरासतमै झुण्डेको अवस्थामा एक युवकको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका १२ बरकुर्बाका २३ वर्षीय सम्भु सदाको शव झुण्डेको अवस्थामा फेला परेको हो ।

हिरासतको शौचालय भित्रै छानोमा आफ्नै सर्ट,भेस्टले पासो लागेको अवस्थामा मंगलबार राति साढे २ बजे सदा मृत भेटिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
उनी ट्याक्टर चालक थिए । गत जेठ १२ गते ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर कारबाही चलाएको थियो ।

सदाको शव झुण्डेको अवस्थामा फेला परेपछि स्थानीयहरु प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरिरहेका छन् । सबैला नगरपालिका -३ स्थित इलाका प्रहरी कार्यालयको अगाडि आज बिहानै स्थानीय र प्रहरीबिच झडप भएको हो। झडप नियन्त्रण गर्नको लागि प्रहरीले तिन राउन्ड आँसु ग्यास समेत प्रहार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *