अनलाईन न्युजपाटी , सन्जु छत्कुलि ,बिरगंज,समाचारदाता, जेठ २८ गते।
विश्व व्यापी फैलिएको कोरोनाभाइरस संक्रमण को बेला दिन रात खटि प्रहरि हरुले ज्यान को प्रवाह नगरी सरकारले आव्हान गरेको लकडाउनको पालना गरिरहेको बेला तस्करहरुले लकडाउनको मौका छोप्दै तस्करी गरिरहेको सुचना को अधार मा लागुऔषध गाजा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

अल्पाईन मेडिकल कलेज टिचिङ हस्पिटल सिमरा बाराको एम्बुलेन्स प्रयोग गरी तस्करी जनाइएको छ। चेकजाँच गर्दा करिब ५७ केजी गाँजा बरामद भएको हो

पर्साको बहुदरमाइ गाउँपालिका वडा नं ५ भौराटार तर्फ लैजाँदै गरेको अवस्थामा एम्बुलेन्स र लागुऔषध गाँजा सहित ३ जनालाइ पर्सा प्रहरी को क्राईम ब्रान्चले पक्राउ गरेको छ ।पक्राउ परेको लागू औषध ५७ केजि रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका एम्बुलेन्स र तिनै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।