भारत तर्फ जाँदै गरेको इन्धन बोक्ने ट्यांकरबाट पर्सा प्रहरीको क्राइम ब्रान्चद्धारा मदिरा बरामद

अनलाईन न्युजपाटी सन्जु छत्कुली, बीरगन्ज समाचारदाता जेठ २८ गते

विश्वभरि फैलिएको कोरोनाभाइरसको माहामारिलाई रोकथाम गर्न नेपाल सरकारले लगाएको लकडाउनको मौका छोपेर तस्करहरुले तस्करी गरेको सुचना पाएपछी इन्धन् बोकने टयान्करलाई पर्सा प्रहरीको क्राइम टोलिले पक्राउ गरेको छ।

पक्राउ परेको ना.२ ख ७३७५ नं.को इन्धन बोकने ट्यांकरमा विभिन्न कम्पनीको मदिरा चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको सुचना पाएपछि पर्सा प्रहरीको क्राइम टोलीले आज बुधबार ६:३० बजेको समयमा रजतज्यन्ति चौकबाट पक्राउ गरि नियन्त्रणमा लिएको छ।

ती पक्राउ परेको मदिराहरु गोल्डेन ओकै ४८ पिस, नेपाल आइश बियर २४ पिस, सिग्नेचर ३३पिस र ८८४८भोड्का २८ पिस सहित चालक र सहचालकलाई पक्राऊ गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सममेलन गरि जानकारी दिएको हो।

उक्त पक्राऊ परेको ट्याङकर चालक मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१६ बस्ने वर्ष ४७ को सन्दिप थिङ र सोही ठाउँ बस्ने सह-चालक वडा नं.२१ बस्ने वर्ष २२ को राधे बुढाथोकी लाई पक्राउ गरिएको पर्सा प्रहरीले बताएको छ । चालक र सहचालक लाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *