अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २९ गते
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दैनिक रूपमा झन्-झन् बढ्दै गइरहेको छ । बुधबार भारतमा हालसम्मकै बढी दैनिक संक्रमण र मृत्युका केस फेला परेका छन् भने मृतक संख्या पनि ८ हजार नाघेको छ ।

एसियाकै सबैभन्दा संक्रमित केन्द्र बनिरहेको भारत अहिले विश्वमा कोरोना संक्रमित देशको लहरमा छैठो स्थानमा छ । संक्रमित संख्याका आधारमा उसले चाँडै नै स्पेन र बेलायतलाइ पनि उछिनेर चौथो नम्बरमा उक्लिने देखिएको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टाको अवधि बुधबारको दिन १२ हजार ३७५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । भारतमा हालसम्मकै सर्वाधिक दैनिक संक्रमित संख्या हो । मंगलबार त्यहाँ १० हजार २१८ जना नयाँ संक्रमित फेला परेका थिए ।
भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ८७ हजार १५५ पुगेको वोर्ल्दो मिटर तथ्यांकले जनाएको छ । साथै त्यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार १०७ पुगेको छ । पछिल्लो समयमा भारतमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् ।