अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २९ गते
सरकारले लकडाउनको स्वरूपमा परिवर्तन गर्ने निर्णय गरेको छ। करिब तीन महिनायताको अन्योलपछि सरकारले यसपालि एसईई परीक्षा नगर्ने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल मन्त्रीका अनुसार विद्यालय द्धारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्नेछ।
देशमा प्रत्येक दिन अझै सङ्क्रमण बढ्ने देखिएकोले परीक्षालाई यथावत् राख्न उपयुक्त देखिएन। परीक्षाले गर्ने काम अहिले विद्यालयको आन्तरिक मूल्याङ्कनमार्फत् गरिनेछ। शिक्षाविद्हरूले धेरै पहिलेदेखि आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरूलाई कक्षा चढाउन सकिने सुझाव दिँदै आएका थिए।
एसईई परीक्षाको बारेमा बुधवार निर्णय भए पनि कक्षा ११ र १२ को हकमा भने अझै कुनै निर्णय गरिएको छैन।