अनलाईन न्युजपाटी ,कंचनपुर,समाचारदाता, जेठ २९ गते।
कञ्चनपुरको बेलौरी नगरपालिकामा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बेलौरी नगरपालिका ७ का २५ वर्षीय युवक बिरु चौधरीलाई बालिका बलात्कारको आरोप लागेको प्रहरीले जनाएको छ ।
मध्यरातमा झ्यालबाट छिरेर बालिका सुतेको कोठामा गई बलात्कार गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय बेलौरीको टोली राति नै घटनास्थल पुगेको थियो ।
बालिकाले रातिको समयमा आफूमाथि चौधरीले बलात्कार गरेको जिकिर गरेकी छिन् । घटनाको वास्तविक सत्य तथ्यबारे मेडिकलको तयारी भइरहेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।