अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २९ गते
बिहीबार कर्णालीमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेत स्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितमध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । दैलेखको डुंगेश्वर पाउँपालिका वडा नं. १, ३, ४, ५ र ६ बाट ६ महिनाको शिशुसहित ३९ जना रहेका छन् । त्यसमध्ये चारजना महिला र ३५ जना पुरुष रहेका छन । ९ जना दैलेखका संक्रमित पुरुषको स्थानीय तहको नाम भने खुलेको छैन ।
त्यस्तै सुर्खेतको चिङ्गाड गाउँपलिका वडा नं. १, २ र ४ का ६ जना पुरुष रहेका छन् । एकजना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. २ घर भए हाल चिङ्गाड-५ बस्दै आएका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशमा डिस्चार्ज हुनेहरुको संख्या ६० पुगेको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा भने हालसम्म कोरोना संक्रमण देखिएको छैन ।