अनलाईन न्युजपाटी जनकपुरधाम समाचारदाता, जेठ ३० गते
पछिल्लो २४ घण्टामा प्रदेश २ मा ९ जना महिला सहित १९५ जना पुरुष गरि २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषा १५ ,सर्लाही ५७, सिरहा ११, सप्त्तरी १८, बारा १,रौतहट ८६ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ को स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक विजय कुमार झाले जनाएको छ ।
आज थप पुरूष ४२४ र महिला २४ जनामा सङ्क्रमित भएका छन् नेपालमा कुल सङ्क्रमित ५०६२ मध्ये ४७०९ जना पुरुष र ३५३ जना महिला सङ्क्रमित भएका छन् ।