अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ३० गते
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अर्घाखाची जिल्ला को माला रानी ४ बस्ने ५७ बर्सिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिनु भएको हो ।