प्रदेश १ र प्रदेश २ को एक, दुई स्थानमा भारी वर्षाको सम्भावना: जल तथा मौसम बिज्ञान बिभाग

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ३२ गते

नेपालको पूर्वी भू-भागबाट मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी  वायुको प्रभाव रहेको छ। हाल प्रदेश १ र सु.प प्रदेशका तराई भू-भाग तथा देशभर पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही पूर्ण बदली रही देशका अन्य प्रदेशहरूमा सामान्य बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा  र बाँकी  प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ  सहित वर्षाको   संभावना रहेको छ।प्रदेश १ र प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली  रहनेछ प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित वर्षाको   संभावना रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

देशका केही स्थानहरुमा  मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले जल तथा मौसम बिज्ञान बिभागले सतर्कता अपनाउन हुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *