बाराको बलिरामपुरमा ३५ क्विन्टल छोहडा बेवारिसे अवस्थामा प्रहरी द्धारा बरामद

अनलाईन न्युजपाटी सन्जु छत्कुली, बीरगन्ज समाचारदाता असार ३ गते

कोरोना भाईरसले सन्सारभरी फैलिएको माहामारिको बेला लकडाउनको मौका छोपी तस्करहरुले बाराको विभिन्न सिमा नाकामा तस्करि भईरहेको समयमाबेवारिसे अवस्थामा ३५ क्विन्टल छोहडा बारा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

विश्रामपुर गाउँपालिका बलिरामपुर ४ टोलको दशगजा क्षेत्र नजिकैबाट ८० बोरा छोहडा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ। अवैध रुपमा छोहडा भारततर्फ लैजान लागेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा सो छोहडा बरामद गरेको बारा का डि एस पि गौतम मिश्रले बताएका छन।

डि एस पि गौतमले भने हाम्रो प्रहरीको टोली आएको सूचना पाएपछि तस्करहरु ले छोहडालाई बेवारिसे अवस्थामा छोडेर तस्करहरु भागेका हो । बरामद गरिएका छोहडालाई बिरगंज भन्सार कार्यालय भुझाएको डि एस पि मिश्रले बताएका छन । उक्त छोहडाको बजार मूल्य करिब ५ लाख रुपैयाँ रहेको मिश्रले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *