आज महोत्तरी र रौतहट जिल्लाबाट थपिए ३११ जना नया संक्रमित

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, असार ३ गते।

छिल्लो २४ घण्टामा प्रदेश २ मा थपिए २१ जना महिला सहित ३४८ जना कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित हुने ३४८ जना मध्ये ३२७ पुरुष र २१जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमा  महोत्तरीको सम्सी गाउँपालिकाका १ देखि ६० वर्ष उमेर समूहका १७६ जना पुरुष र ६ वर्षीया बालिकासहित १९ देखि ४० वर्ष उमेर समूहका ६ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

महोत्तरीकै बलवा नगरपालिकाका ८ जना, जलेश्वर नगरपालिकाबाट ३५ बर्सिय पुरुष , रौजाबजार स्थित  क्वारेन्टाइनबाट ५ जना, औरही नगरपालिका बाट १५ बर्सिय बालिका, रौजाबजार स्थित  क्वारेन्टाइनबाट ५ जना ,लोहारपट्टी नगरपालिका बाट ४ जना संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्लाको परोहा नगरपालिकाका ४५ वर्षीया एक महिला, १ देखि १८ वर्ष उमेर समूहका ७ जना पुरुष र १९ देखि ६० वर्ष उमेर समूहका १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटकै दोवाही गोनाही नगरपालिकाका १ देखि १८ वर्ष उमेर समूहका ४ जना र १९ देखि ४० वर्ष उमेर समूहका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । रौतहटकै मौलापुर नगरपालिकाका १९ देखि ४० वर्ष उमेर समूहका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

रौतहटकै ईशनाथ नगरपालिकाका १३ महिनाका एक जना बालक, ८ र १५ वर्षीया दुई जना बालिका, २५ र ३२ वर्षीया दुई जना महिला र २३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

रौतहटकै बौधीमाई नगरपालिकाका ११ र १२ वर्षीय दुई जना बालक र १९ देखि ५१ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्ला उल्लेख भए पनि ठेगाना खुल्न नसकेका ३५ वर्षका ३ जना महिला र ४ वर्षीया एक बालिका, १ देखि ६० वर्षका ५७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकाश मन्त्रालय प्रदेश–२ का प्रदेश सचिब डा  राम प्रसाद घिमिरेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *