प्रदेश २ मा थपिए २१ जना महिला सहित ३४८ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, असार ३ गते।

छिल्लो २४ घण्टामा २१ जना महिला सहित ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने ३४८ जना मध्ये ३२७ पुरुष र २१ जना महिला छन् । सिराहामा १ जना, धनुषामा २६ जना, महोत्तरीमा २०० जना, सर्लाहीमा ६ जना, रौतहटमा १११ जना र बारामा ४ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकाश मन्त्रालय प्रदेश–२ का प्रदेश सचिब डा  राम प्रसाद घिमिरेले जनाएको छ । कुल संक्रमित सङ्ख्या ७१७७ मध्ये महिला ५३९ र पुरुष ६६३८ जना  सङ्क्रमित भएका छन् । नेपाल मा संक्रमित जिल्ला संख्या ७३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *