अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ४ गते
गण्डकी प्रदेशमा कोरोनाका ४२ जना नयाँ बिरामी थपिएका छन् । गण्डकी प्रदेशको चार जिल्लाका ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखाको गोरखा नगरपालिकामा एक महिलासहित १० जना पुरुष, नवलपरासीको चौध बरदघात सुस्ता पुर्ब १८, तनहुँ का १२ जना पुरुष र मनाङ्ग का १ जनाजनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरु सबैजना भारतबाट फर्किएर क्वरेन्टीनमा बसेका पनि उहाँले बताउनुभयो । अहिले सङ्क्रमण पुष्टि भएका सबैजनालाई सम्बन्धित जिल्लाका आइसोलेशन कक्षमा लैजाने तयारी भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पुष्टि भएकाको संख्या २ सय ८९ पुगेको छ ।