अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, असार ४ गते।
पछिल्लो २४ घण्टामा १ जना महिला सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने ६६ जना मध्ये ६५ पुरुष र १ जना महिला छन् । धनुषामा २९ जना, महोत्तरीमा १ जना, सर्लाहीमा २ जना र रौतहटमा ३४ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकाश मन्त्रालय प्रदेश–२ का प्रदेश सचिब डा राम प्रसाद घिमिरेले जनाएको छ । नेपालमा कुल संक्रमित सङ्ख्या ७८४८ मध्ये महिला ६१९ र पुरुष ६२२९ जना सङ्क्रमित भएका छन् । नेपालमा संक्रमित जिल्ला संख्या ७४ पुगेको छ।