बिहिबार कर्णाली प्रदेशमा एकै दिन १२० नया सङ्क्रमित थपिए

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ४ गते

कर्णाली प्रदेशमा एकै दिन १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार नयाँ १२० जनामा कोरोना सङ्क्रमण भएको हो ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखमा ८६ र सुर्खेतका ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २२४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *